Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

झलनाथजीले ओलीको सेवा गरेर बसे हुन्छ : माधव नेपाल

झलनाथजीले ओलीको सेवा गरेर बसे हुन्छ : माधव नेपाल

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन २४ २०८२


झलनाथजीले ओलीको सेवा गरेर बसे हुन्छ : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन्। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्। उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्नु पार्टीको अनुशासनविपरीत रहेको तर्क गरे।

उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए। पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ। संविधान मिच्ने, संसद् विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ।

नेपालले भने, ‘पार्टीको हित र पक्षमा प्रचारप्रसार गर्नुपर्छ। मीडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने। विद्रोह ठिक लागेन भने किन आउनुपर्‍यो ? केपी ओलीको सेवा गरेर बसे भइहाल्यो। केपीको चाकरी गरेर त्यहाँ बस्नुपर्थ्यो ? कि के गर्नुपर्थ्यो ?’ अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरूले जोगाएर ल्याएको दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार