Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

वाइसिएल इलामद्धारा सम्मान तथा वडाध्यक्षलाई ज्ञापनपत्र

वाइसिएल इलामद्धारा सम्मान तथा वडाध्यक्षलाई ज्ञापनपत्र

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २३ २०८२


वाइसिएल इलामद्धारा सम्मान तथा वडाध्यक्षलाई ज्ञापनपत्र

देउमाई । वाइसिएल नेपाल इलामले समाज रुपान्तरणमा योगदान गर्ने ४ जनालाई सम्मान गरेको छ । श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्र्तगत वाइसिएलले विभिन्न समयमा परिर्वतनका लागि योगदान गर्नेहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा गंगा प्रसाद भट्टराई, फौदविर राई, धन बहादुर राई र देवेन्द्र प्रकाश माक्रिहाङ राई रहेका छन् ।

उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, जिल्ला संयोजक विजय खम्बु, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, सोममाया राई, प्रदेश सदस्य प्रभाष शर्मा, जिल्ला सचिव शान्ता बस्नेत र देउमाई नगरपालिका–१ का वडाध्यक्ष मिनराज श्रेष्ठले सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य शर्मा, वडाध्यक्ष श्रेष्ठ लगायतले मन्तव्य राखे । सोही अवसरमा वाइसिएलले जनयुद्धको समयमा सामुहिक रुपमा चौरी बजारमा रोपिएको चिया संरक्षणको निम्ती वडाध्यक्षलाई ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा लेखिएको छ ‘तत्कालिन चमैता गाँउ विकास समितिको पार्टी कमिटी निर्णयले नियमित जनश्रमको माध्यमबाट चउरी बजारको खुल्ला चउरी क्षेत्रमा स्थानीय पार्टी संगठनको व्यावस्थान र रेखदेखमा चिया रोपण कार्यक्रम संञ्चालन गरि आन्दोलनको प्रतिकको रुपमा चियाका विरुवाहरु रोपिएको थियो । उक्त कार्यक्रमको लक्ष्य उद्देश्य सामूहिक जनश्रमको माध्यमबाट सामूहिक उत्पादनको विकास गरि समुदायमा आधारित स्वलम्बन उत्पादन प्रणालीको योजनाबद्ध विकास गर्दै लैजाने थियो । जसले सामुहिक रुपमा प्रत्यक्ष आय आर्जनको बाटोसंग उत्पादनलाई जोड्ने थियो ।’

चियाबारीलाई सरकारले प्रचलित ऐन कानुनको आधारमा नीति निमार्ण गरि पर्या–पर्यटनको लागि सौन्दर्यकरण गरि दश वर्ष जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलन प्रतिकात्मक प्रतिकको रुपमा दिर्घकालिन सबैको साझा सम्पतिको रुपमा संरक्षण व्यावस्थापन गर्न माग राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार