Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देउमाईको चमैतामा वाइसिएलको वृक्षारोपण सम्पन्न

देउमाईको चमैतामा वाइसिएलको वृक्षारोपण सम्पन्न

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २३ २०८२


देउमाईको चमैतामा वाइसिएलको वृक्षारोपण सम्पन्न

देउमाई । नेकपा माओवादी केन्द्र निकट वाइसिएलले वृक्षारोपण कार्यक्रम गरेको छ । श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्र्तगत पश्चिमी इलामको देउमाई नगरपालिका–१ चमैताको खम्बुडाँडा आसपासको क्षेत्रमा विभिन्न जातका १ हजार २ सय भन्दा बढि विरुवा रोपण गरेको हो ।

वाइसिएल नेपाल जिल्ला समितिको आयोजना र नेकपा माओवादी केन्द्र देउमाई–१ वडा समितिको आयोजनामा खम्बुडाँडा, डम्बरदेवी मावि, चौरीबजार चियाबारीमा विरुवा रोपिएको छ । वृक्षारोपणका लागि जिल्लाका फाकफोकथुम गाउँपालिका, माई नगरपालिका, इलाम नगरपालिका र देउमाई नगरपालिकाका करिब १५० को संख्या माओवादी केन्द्रको कार्यकर्ता र वाइसिएलको सहभागिता रहेको थियो ।

जिल्ला अध्यक्ष डिवन राईको अध्यक्षतामा कार्र्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, जिल्ला संयोजक विजय खम्बु, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, सोममाया राई, प्रदेश सदस्य प्रभाष शर्मा, जिल्ला सचिव शान्ता बस्नेत, वाइसिएल केन्द्रीय सदस्य निरा गुरुङ लगायत पार्टीका नेताहरुको उपस्थिती रहेको थियो ।

खम्बुडाँडा पर्यटकीय क्षेत्रमा जनश्रमदानको लागि क्लब रोयल देउमाईले समेत साथ दिएको थियो । पर्यटकीय क्षेत्रलाई हराभरा बनाउनका लागि अभियान अन्र्तगत कार्यक्रम गरिएको अध्यक्ष राईले जानकारी दिए । जिल्लाका विभिन्न क्षेत्रमा पालिका समितिले कार्य गर्दै आएपनि एकिकृत रुपमा खम्बुडाँडामा कार्यक्रम गरिएको उनले बताए ।

वाइसिएलले स्थानीयलाई कल्की, इपिल, धुपी, कागती, सुन्तला, अमला लगायत फलफुल र घाँसका विरुवा समेत वितरण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार