Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

दुई दशकमा हात्ती आक्रमणबाट झापामा ७२ जनाको मृत्यु

दुई दशकमा हात्ती आक्रमणबाट झापामा ७२ जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २१ २०८२


दुई दशकमा हात्ती आक्रमणबाट झापामा ७२ जनाको मृत्यु

झापा। कोशी प्रदेशका १४ जिल्लामध्ये ५ वटा जिल्लामा जंगली हात्तीको प्रकोप छ । त्यस मध्ये पनि झापा जिल्ला हात्तीबाट सबैभन्दा पीडा भोगेको जिल्ला हो । प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि हालसम्म हात्ती आक्रमणबाट झापामा मात्रै ७२ जनाले ज्यान गुमाएका छन्। निर्देशनालयका प्रमुख डा। इन्द्रप्रसाद सापकोटाका अनुसार सोही अवधिमा झापामा २५ वटा हात्ती पनि मृत अवस्थामा फेला परेका छन्।

भारतबाट आउने हात्तीको मुख्य प्रवेशद्वार झापा भएकाले यहाँ क्षति बढी हुने गरेको डा सापकोटाको भनाई छ । यो अवधिमा कोशी प्रदेशभर हात्ती आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ। मोरङमा १७, सुनसरीमा सात र इलाममा एक जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ। झापासहित प्रदेशभर हात्ती आक्रमणमा ८७ जना गम्भीर घाइते र १५ जना सामान्य घाइते भएका छन्।

मानवीय क्षति बाहेक हात्तीले कृषिबालीमा ठूलो नोक्सानी पु¥याउने गरेको पनि वन कार्यालयले जनाएको छ। मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि संघीय सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्षमा प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रमा बाली बीमा कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको निर्देशनालयका प्रमुख सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार