Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं, जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं, जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन २० २०८२


पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं, जित्यो डेढ करोडभन्दा बढी पुरस्कार
  • नेपाली पब्जी टिम होरा इस्पोर्ट्सले साउदी अरेबियामा जारी पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गरेको छ।
  • होराले १८ खेलमा १०० अंकसहित फाइनलमा नवौं स्थान र कुल १ लाख १२ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ।
  • होराले ग्रुप स्टेजमा १३औं स्थानपछि सर्भाइभल स्टेज जितेर फाइनलमा पुगेको थियो र कुल १ करोड ५७ लाख ९१ हजार ६२५ रुपैयाँ पुरस्कार पाएको छ।

इलाम । नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्न सफल भएको छ । फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंकसहित नवौं भएको हो ।

यस जितसँगै होराले ग्रुप स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानको ६० हजार डलर गरी कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ । यो रकम आजको दरअनुसार १ करोड ७८ लाख ९७ हजार १७५ नेपाली रुपैयाँ हुन आउँछ ।

गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन । लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेज जितेर फाइनलमा पुगेको थियो । सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।

सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्यो । योसँगै होराले २५ हजार डलर पनि जितेको छ । लिग स्टेजमा १३औं भएको होराले उक्त पोजिसनको पनि २७ हजार ५०० डलर पुरस्कार प्राप्त गर्‍यो । पब्जी मोबाइल विश्वकपको उपाधि भने म्यानमारको वाइजी इस्पोर्ट्सले जित्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार