Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

 इलाम र झापाको सिमानामा ‘दुर्लभ सर्प’  भेटे खरेलले

 इलाम र झापाको सिमानामा ‘दुर्लभ सर्प’  भेटे खरेलले

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन १९ २०८२


 इलाम र झापाको सिमानामा ‘दुर्लभ सर्प’  भेटे खरेलले

इलाम । झापा मेचीनगरका ६ काकरभिट्टाका चरा खोजकर्ता देवेन्द्र खरेलले दुर्लभ सर्प फेला पारेका छन । खरेलले केही समय अघि झापा र इलामको सिमाना क्षेत्र मेचीनगर १ मा भेटेर फोटो खिचेको सर्प सम्भवत नेपालकै लागि नयाँ सर्पका रुपमा रहेको बताइएको छ । हरेउ प्रजातिको सर्पलाई देवेन्द्र खरेलले रातो धर्के हरेउ भाले सर्पको नाम दिएका छन् ।

उक्त सर्प अहिलेसम्म नेपालमा दर्ता नभएको बताइए पनि त्यसको पुष्टि हुन बाँकी रहेको खरेलले बताए। यस्तो सर्पलाई गत बर्षको जुन महिनामा नै मेचीनगर–४ का सर्प तथा भ्यागुता अनुसन्धानकर्ता सन्दिप लुईटेलले देखेर पहिचान गरेको भए पनि फोटो भने खिच्न नपाएको खरेलले बताए ।

‘यो सर्प नेपालका लागि दुर्लभ सर्पमा पर्छ,’ खरेलले भने, ‘अनुसन्धान भइरहेको छ, चाँडै यसका बारेमा थप जानकारी आउने आशा गरेको छु ।’ यो सर्प अति विषालु सर्पका रुपमा रहेको खरेलले दाबी गरे । यो सर्पको लम्बाई करीब २५० सेन्टिमिटर रहेको छ । यो सर्प हेमोटक्सिक हो वा न्यूरोटक्सिक हो भन्ने यकिन भइनसकेको खरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार