Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रथम कोदो दिवसको अवसरमा इलामका तीन किसान सम्मानित

प्रथम कोदो दिवसको अवसरमा इलामका तीन किसान सम्मानित

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन १८ २०८२


प्रथम कोदो दिवसको अवसरमा इलामका तीन किसान सम्मानित

इलाम । कोदोको ऐतिहासिक, सामाजिक, आर्थिक लगायतका महत्त्व रहेको औँल्याउँदै इलाममा पनि प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । रैथाने बालीको रूपमा रहेको कोदो खेतीलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय कृषक महासङ्घ नेपालले कार्यक्रमको आयोजना गरेको हो ।

इलामको महभिरमा आयोजना गरिएको कार्यक्रममा तीन जना किसानलाई सम्मान गरिएको छ । नर्मदा राउत,प्रेम बानिया र सन्तोष मोक्तानलाई सम्मान गरिएको हो । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, उप प्रमुख विष्णु दाहाल, राष्ट्रिय कृषक महासङ्घ नेपालका उपाध्यक्ष गणेश पोख्रेल लगायतले कोदो रैथाने बालीको मात्र नभएर यसको महत्त्व स्वास्थ्यका लागि पनि उत्तिकै रहेको बताए ।

कार्यक्रममा महासङ्घका जिल्ला अध्यक्ष राम मगर , लोक गायक देवी गौतम, कृष्ण बस्नेत, मोहन विष्ट, जीवन ठाडा मगर रूप बहादुर खडका लगायतले कोदोको महत्त्व र यसलाई प्राथमिकता दिनुपर्ने विषयमा चर्चा गरे। यस्तै सामूहिक रूपमा कोदो रोपण गरिएको थियो । कार्यक्रममा पञ्चै बाजा समेत बजाएर दिवसलाई प्रभावकारी बनाइएको थियो । सुत्रधार

प्रतिक्रिया
सम्बन्धित समाचार