Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वाइसीएल इलामले दुई महिने ‘एक पालिका, एक श्रम तथा उत्पादन कार्यक्रम’ सञ्चालन गर्दै

वाइसीएल इलामले दुई महिने ‘एक पालिका, एक श्रम तथा उत्पादन कार्यक्रम’ सञ्चालन गर्दै

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १३ २०८२


वाइसीएल इलामले दुई महिने ‘एक पालिका, एक श्रम तथा उत्पादन कार्यक्रम’ सञ्चालन गर्दै

इलाम : नेकपा ९माओवादी केन्द्र० को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल इलामले आगामी दुई महिना ‘एक पालिका, एक श्रम तथा उत्पादन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

आइतबार इलाममा सम्पन्न वाइसीइलको प्रथम जिल्ला बैठकले सो निर्णय गरेको अध्यक्ष डिवन राईले जानकारी दिए । उनले संगठनात्मक मजबुती र उत्पादनमुखी अभियानमार्फत वाइसीएललाई अझ जनमुखी र क्रियाशील बनाउने बताए ।  बैठकले वाइसीएल इलामको इन्चार्जको जिम्मेवारी पाएका राजु लोक्तामलाई स्वागत गर्दै शुभकामना व्यक्त गर्‍यो ।

यस्तै, बैठकले ६ जनालाई वाइसीएल इलाम जिल्ला समितिमा मनोनित गरेको छ । बैठले ममता धमला, सुवास भट्टराई, गणेश सुनुवार, भूपेन्द्र काफ्ले, सन्तोष राई र डेभिट लिम्बूलाई जिल्ल सदस्यमा मनोनित गरेको हो ।  त्यसैगरी, वाइसीइल जिल्ला उपाध्यक्ष केसव दाहालको संयोजकत्वमा ५१ सदस्यीय विपद् व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

वाइसीएल जिल्ला अध्यक्ष डिवन राईको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं इलाम इन्चार्ज धिरेन शर्मा ‘रमण’, प्रदेश १ सचिवालय सदस्य तथा इलाम सहइन्चार्ज सिन्धु राई, प्रदेश सचिवालय सदस्य एवं जिल्ला संयोजक विजय खम्बु, प्रदेश सदस्य तथा जिल्ला सचिव सान्ता बस्नेत, वाइसीएल केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज राजु लोक्ताम, केन्द्रीय सदस्य निरा गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार