Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

लम्पीबाट रोङमा १३ पशुको मृत्यु, २२३ संक्रमित

लम्पीबाट रोङमा १३ पशुको मृत्यु, २२३ संक्रमित

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ११ २०८२


लम्पीबाट रोङमा १३ पशुको मृत्यु, २२३ संक्रमित

फिक्कल । इलामको रोङ गाउँपालिकामा गत आर्थिक बर्षमा लम्पी स्किन रोगबाट १३ वटा पशुको मृत्यु भएको छ । पशुपन्छी तथा मत्स्य विकास शाखाको तथ्यांक अनुसार पालिकाको ६ वटै वडामा लम्पी स्किन रोग फैलिएको छ । पछिल्लो तथ्यांकमा २ सय किसानको २२३ वटा पशुमा संक्रमण देखिएको छ ।

सबैभन्दा बढि वडा नं ६ मा लम्पी स्किन प्रभावित पशु रहेका छन् । सो वडामा ७९ पशुमा लम्पी देखिएको छ । वडा नं २ मा ४२ पशुमा देखिएको छ । वडा नं ३ मा ३६ पशुमा संक्रमण देखिएको छ । वडा नं ४ मा ३१ पशुमा देखिएको छ । वडा नं १ मा २० र वडा नं ५ मा १५ पशु लम्पीबाट संक्रमित भएका छन् ।

गत जेठ १५ गतेबाट पालिकाको ६ वटै वडामा निःशुल्क स्थलगत उपचार सेवा निरन्तर प्रदान गरिदै आएको शाखा प्रमुख मिङ्मा रिञ्जी शेर्पाले जानकारी दिए । पशु शाखाले नीजि पाराभेटसंगको सहकार्यमा लम्पी रोगको रोकथामको लागि निःशुल्क सेवा दिँदै आएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार