माई । इलामको माई नगरपालिका–८ मा झापा भूमिगत जल सिचाइ आयोजनाले निर्माण गरेको लिफ्ट सिचाइ आयोजना सञ्चालनमा आएको छ। सिचाइको अभावमा खेतीयोग्य जमिन बाँझो रहँदै आएको क्षेत्रमा यो आयोजना सुरु भएसँगै स्थानीय कृषकहरू उत्साहित बनेका छन् । भूमिगत जल सिचाइ आयोजना अन्तर्गत निर्माण भएको लिफ्ट सिचाइ आयोजनाको औपचारिक उद्घाटन आयोजनाका कार्यालय प्रमुख कामेश्वर यादवले गरेका थिए।
आयोजनाबाट माई नगरपालिका–८ स्थित राई गाउँ र मगर गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् । सिचाइ सञ्चालन भएपछि करिब ६० बिघा क्षेत्रफलमा पानी पु¥याउने लक्ष्य लिइएको स्थानीय मदन लोक्तामले जानकारी दिए । यसबाट स्थानीय कृषकहरूलाई वर्षभरि उत्पादन गर्न सहज हुने र बाली विविधिकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय कृषकहरूले आयोजना सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा उत्पादन बढ्ने र आम्दानीमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।
