Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा समुदाय प्रहरी साझेदारीमा सरसफाइ कार्यक्रम सञ्चालन

इलाममा समुदाय प्रहरी साझेदारीमा सरसफाइ कार्यक्रम सञ्चालन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन १० २०८२


इलाममा समुदाय प्रहरी साझेदारीमा सरसफाइ कार्यक्रम सञ्चालन

इलाम । समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै जिल्ला प्रहरी कार्यालय इलामले हरेक शुक्रबार नियमित रूपमा मठ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम अन्तर्गत आज इलाम नगरपालिका ६ भालुढुङगा स्थित सरसफाई कार्यक्रम भएको छ । समाजमा स्वच्छता, नागरिक उत्तरदायित्व र प्रहरी–समुदाय सहकार्यको सन्देश फैलाउने उदेश्यका साथ कार्यक्रम गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाको नेतृत्वमा अघि बढाइएको यो अभियानले जनस्वास्थ्य प्रवर्द्धन, धार्मिकस्थलको संरक्षण, पर्यावरणीय सचेतना तथा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार