फिक्कल । इलामको सूर्योदय नगरपालिकाले गत आर्थिक बर्षमा ७ करोड ८६ लाख भन्दा बढि राजस्व संकलन गरेको छ । पालिकाले गत आर्थिक बर्षमा ७ करोड ८६ लाख ९९ हजार ८ सय ४ रुपैया २० पैसा राजस्व संकलन गरेको हो । जुन अघिल्लो आर्थिक बर्षको भन्दा १२ लाख ५१ हजार ९ सय ८५ रुपैया २२ पैसाले बढि हो । नगरपालिकाले गत आर्थिक बर्षमा ७ करोड ७४ लाख ४७ हजार ८ सय १८ रुपैया ९८ पैसा राजस्व संकलन गरेको थियो ।
गत आर्थिक बर्षमा पालिका कार्यालयबाट ३ करोड ५८ लाख ८४ हजार ४ सय ६२ रुपैया ३० पैसा राजस्व संकलन गरेको थियो । जुन अघिल्लो आर्थिक बर्षको भन्दा कम हो । अघिल्लो आर्थिक बर्षमा पालिका कार्यालयमा ३ करोड ७२ लाख ६९ हजार ८ सय ८ रुपैया ४२ पैसा राजस्व संकलन भएको थियो ।
कुन वडामा कति राजस्व संकलन
४ वटा वडाले अघिल्लो आर्थिक बर्षको भन्दा कम राजस्व संकलन गर्दा १० वटा वडाले राजस्व संकलनमा बृद्धि गरेका छन् । वडा तहमा सवैभन्दा बढि वडा नं १० ले राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ६४ लाख ७५ हजार ७ सय ६७ रुपैया राजस्व संकलन गरेको वडाले आर्थिक बर्ष ०८१/८२ मा ७५ लाख ५६ हजार ८ सय ५३ रुपैया १३ पैसा राजस्व संकलन गरेको छ ।
सवैभन्दा कम वडा नं १३ ले संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा भने वडा नं १३ ले राजस्वक संकलनमा सुधार गरेको छ । आर्थिक बर्ष ०८०/८१ मा ९ लाख ३२ हजार ४ सय २० रुपैया २४ पैस राजस्व संकलन भएकोमा गत आर्थिक बर्षमा सुधार भएर ११ लाख ३० हजार ८ सय २१ रुपैया ६५ पैसा पुगेको छ । वडा नं १ मा राजस्व संकलन घटेको छ । अघिल्लो आर्थिक बर्षमा २४ लाख २३ हजार १ सय ५५ रुपैया १५ पैसा राजस्व संकलन भएकोमा आर्थिक बर्ष ०८१/८२ मा घटेर १७ लाख १३ हजार ९ सय ३४ रुपैया २९ पैसा रहेको छ ।
वडा नं २ मा राजस्व संकलन बढेको देखिएको छ । नगरपालिका राजस्व शाखाको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षमा २५ लाख ५६ हजार ८ सय ९६ रुपैया ७८ पैसा राजस्व संकलन भएकोमा बृद्धि भएर ३० लाख ४६ हजार ५१ रुपैया ६० पैसा पुगेको छ । वडा नं ३ मा समेत राजस्व बृद्धि भएको देखिएको छ । आर्थिक बर्ष ०८०/८१ मा २३ लाख १३ हजार ६ सय ५५ रुपैया ७८ पैसाबाट बृद्धि भएर २४ लाख ९० हजार ३ सय ६१ रुपैया ८७ पैसा संकलन भएको छ ।
वडा नं ४ ले अघिल्लो आर्थिक बर्षमा ४४ लाख ३८ हजार ७ सय १९ रुपैया ७० पैसाबाट बृद्धि गरेर ४५ लाख ४५ हजार ५७ रुपैया २० पैसा राजस्व संकलन गरेको छ । वडा नं ५ ले गत आर्थिक बर्षमा १६ लाख ७७ हजार ६५ रुपैया ९५ पैसा राजस्व संकलन गरेको छ । जुन आर्थिक बर्ष ०८०/८१ मा १४ लाख ३४ हजार ३ सय रुपैया ५० पैसा रहेको थियो ।
वडा नं ६ ले आर्थिक बर्ष ०८०/८१ मा २७ लाख ११ हजार १ सय ८५ रुपैया ६२ पैसा राजस्व संकलन गरेको छ । जुन अघिल्लो बर्ष २२ लाख ७९ हजार ८ सय ६९ रुपैया ९ पैसा थियो । वडा नं ७ ले आर्थिक बर्ष ०८१/८२ मा १९ लाख ९७ हजार १ सय ४९ रुपैया ७५ पैसा राजस्व संकलन गरेको छ । जुन अघिल्लो बर्ष १७ लाख ८९ हजार ७ सय १० रुपैया ५० पैसा रहेको थियो ।
वडा नं ८ ले गत आर्थिक बर्षमा ५५ लाख १० हजार ६ सय ८३ रुपैया २६ पैसा राजस्व संकलन गरेको छ । जुन अघिल्लो बर्ष ४८ लाख ८९ हजार ७ सय २८ रुपैया ४६ पैसा रहेको छ । वडा नं ९ ले समेत राजस्व संकलन बृद्धि गरेको छ । आर्थिक बर्ष ०८०/८१ मा ३७ लाख ८८ हजार ३ सय ६१ रुपैया २५ पैसा राजस्व संकलन भएकोमा गत बर्ष बृद्धि भएर ४२ लाख ६ हजार ८ सय ३७ रुपैया ५१ पैसा पुगेको छ ।
वडा नं ११ को राजस्व संकलनमा गिरावट आएको छ । आर्थिक बर्ष ०८०÷८१ मा २८ लाख ५६ हजार ८ सय ९४ रुपैया ५७ पैसा राजस्व संकलन भएकोमा घटेर २५ लाख ५१ हजार ५९ रुपैया ४७ पैसामा आएको छ । वडा नं १२ ले समेत राजस्व संकलनमा प्रगति हासिल गर्न सकेन् । २२ लाख ९७ हजार ७४ रुपैया ५० पैसा राजस्व संकलन भएकोमा घटेर २१ लाख ९७ हजार ७ सय २२ रुपैया ४५ पैसामा आएको छ ।
वडा नं १४ मा समेत राजस्व संकलन बृद्धि हुन सकेन् । १७ लाख १ हजार ४ सय ६० रुपैया २४ पैसा राजस्व संकलन भएकोमा आर्थिक बर्ष ०८१÷८२ मा घटेर १४ लाख ८० हजार ५ सय ५८ रुपैया १५ पैसामा आएको छ ।