Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

हर्कटे– निन्दा सडक शीर्षक बमोजिम निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रीलाई सूर्योदय नगरको ध्यानाकर्षण

हर्कटे– निन्दा सडक शीर्षक बमोजिम निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रीलाई सूर्योदय नगरको ध्यानाकर्षण

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन ९ २०८२


हर्कटे– निन्दा सडक शीर्षक बमोजिम निर्माण गर्न  भौतिक पूर्वाधार मन्त्रीलाई सूर्योदय नगरको ध्यानाकर्षण

फिक्कल । इलामको सुर्याेदय नगरपालिकाको हर्कटे बाट रोङ गाउँपालिकाको रम्भ्याङ सलकपुर हुँदै झापाको निन्दा जाने सडक निर्माण कार्य शिर्षक विपरित गर्न प्रयास भएको भन्दै कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय मा आज ज्ञापन पत्र बुझाईएको छ । प्रदेस सरकारले हर्कटे बाट शुरू गर्नु पर्ने सडक मनपरि ढंगले निन्दा बाट नापजाँच शुरू गरेपछि सुर्याेदय नगरपालिकाको सत्रौं नगरसभाले शीर्षक बमोजिम हर्कटे बाटै निर्माण गर्न निर्णय गर्ने निर्णय अनुसार मन्त्रालयको ध्यानाकर्षण गराइएको हो ।

नगर उपप्रमुख दुर्गाकुमार बराल र वडा नं ६ का वडाध्यक्ष शिव बहादुर बस्नेतको नेतृत्वमा गएको टोली भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईलाई शिर्षक अनुसार नै निर्माण गर्न ध्यानाकर्षण गराएको छ । मूख्यमन्त्री ग्रामीण सडकको रूपमा हर्कटेबाट प्रारम्भ भएको बजेटलाई सोहि अनुरूप कार्यान्वयन गर्न माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री राईले सडक शीर्षक बमोजिम नै निर्माण हुने बताए । इलामका सडकहरू इलाममा नव स्थापित पुर्वाधार कार्यालय बाटै निर्माण गरिने र सो काम हर्कटेबाटै हुने सुनिस्चित भएको मन्त्रालय स्रोत लाई उल्लेख गर्दै डेलिगेसन प्रतिनिधिमण्डलका शिव बहादुर बस्नेतले जानकारी दिए ।

ज्ञापन पत्र बुझाएर टोलीले मुख्यमन्त्री हिक्मत कार्कि र भौतिक सचिवलाई समेत भेटवार्ता गरेको बस्नेत ले बताए । भेटमा मुख्यमन्त्री कार्किले समेत सडक शीर्षक बमोजिम नै बन्ने बताए । मेची राजमार्गसंग मुख जोडिएको हर्कटे र स्थानीय उत्पादन र धेरै जनघनत्व भएको हुनाले पनि शीर्षक बमोजिम नै गर्नुपर्ने नगरपालिकाको दाबी सहित कोशी प्रदेस को भौतिक मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको जनाइएको छ । हर्कटे बाटै काम शुरू गर्न सुर्याेदय नगरपालिका, रोङ गाउँपालिका, जिल्ला समन्वय र प्रदेशसभा सदस्य समेत ले यसअघि पनि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदै आएका थिए ।

अधिकारको दुरूपयोग गरि शीर्षक विपरीत भएमा अदालत, अख्तियार र सबै निकायमा न्याय माग्ने, संलग्न नेता र कर्मचारीलाई नछोड्ने सुनपा ६ र रोङ ६ का स्थानीयले चेतावनी दिंइसकेका छन । संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण भएको यो सडक हाल मुख्यमन्त्री सडकको रूपमा निर्माणाधीन छ । विगतमा हर्कटे बाटै क्रमिक रूपमा निर्माण हुँदै आएको यो सडक केही वर्षयता केही ब्यक्तिहरू को स्वार्थ र शक्तिको प्रभावको आधारमा जबरजस्ती उल्टो निर्माण गर्न थालिएको स्थानीयको आरोप छ ।

बिगतमा केही ब्यक्तिको दवावमा शिर्षकको उल्टो बाट सडक निर्माण गर्ने प्रयास गरिएपनि अब त्यस्तो शीर्षक विपरित अन्याय सहेर नबस्ने गरि आन्दोलनमा उत्रिएको स्थानीयले चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार