Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झलनाथको टिप्पणी : अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

झलनाथको टिप्पणी : अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन ८ २०८२


झलनाथको टिप्पणी : अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गरेका छन्। बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हु्न। उनले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भए पनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे।

उनले एक पछि अर्को भ्रष्टाचारका काण्डहरू देखा परेको भन्दै भ्रष्टहरूले देशमा शासन गरिरहेको बताए। उनले देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको बताए। भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताए। हरेक दिन २५ सय नेपालीहरू विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै प्रश्न गरे।

सम्मानित नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिष्ट आन्दोलन भड्किएको बताए। ०६२—०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार