Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अखिल (क्रान्तिकारी) द्धारा चुलाचुलीमा पालिका स्तरिय वक्तृत्वकला सम्पन्न

अखिल (क्रान्तिकारी) द्धारा चुलाचुलीमा पालिका स्तरिय वक्तृत्वकला सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ७ २०८२


अखिल (क्रान्तिकारी) द्धारा चुलाचुलीमा पालिका स्तरिय वक्तृत्वकला सम्पन्न

इलाम । अखिल (क्रान्तिकारी) चुलाचुली गाउँ समितिद्वारा संचालित पालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता समापन भएको छ । शिक्षा सङ्ग सरोकार राख्दै “हामीले चाहेको शिक्षाः सस्कार,सीप र सिर्जनशीलता“ भन्ने शिर्षक रहेको प्रतियोगितामा उत्सव न्यौपाने प्रथम बन्दै नगद ७ हजार ७७७ प्राप्त गरे । द्धिति पुष्पा श्रेष्ठले ५ हजार ५५५, तृतिय साइरा राईले ३ हजार ३३३ र सान्तवना शिक्षा लिम्बुले १ हजार १११ प्राप्त गरिन् ।

पुरस्कृत सबैले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । विद्यार्थीहरुको नेतृत्व विकास, वाक कलालाई मजबुत साथै अनेकन सामाजिक जनचासो माथी बहस विमर्श गर्ने संस्कृती निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताको छनोट चरण अनलाइन मार्फत सम्पन्न भएका थिए । चुलाचुली भित्रैका जल्दाबल्दा मुद्दालाई न्यूनीकरण गर्ने चेतना निर्माण हेतुले छनोट चरणका लागि “लागुऔषध मुक्त चुलाचुली, हामी सबैको जिम्मेवारी“ भन्ने शीर्षक राखिएको थियो ।

प्रारम्भिक चरणलाई पार गर्दै उत्कृष्ट १० जना विद्यार्थी मित्रहरु फाइनलका छनोट हुन सफल भएका थिए । अखिल क्रान्तिकारी इलाम जिल्ला अध्यक्ष रोशन लिम्बुको अध्यक्षता, नेकपा(माओवादी केन्द्र) केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता र प्रदेश सचिवालय सदस्य हर्क लावती कान्छाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चुलाचुली अध्यक्ष न्युसन राई, उपाध्यक्ष रत्नमाया राई , सचिव गङगाराम भुर्तेल प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राम योङहाङ्ग, अखिल (क्रान्तिकारी) प्रदेश प्रमुख सचिव नयन राइ, प्रेस सेन्टरका सदस्य देबेन्द्र पौडेल , नेकपा(माओवादी केन्द्र) चुलाचुली ५ नम्बर वार्ड समिति अध्यक्ष चन्द्र दङ्गाल, काठमाडौ इलाम सम्पर्क मंचका कोषाध्यक्ष कुमार राई , पार्टीको पालिका समिती पुर्व सचिव खगेन्द्र पौडेल, पार्टी गाउँ समितिका सदस्य चापाहाङ्ग चेम्जोङ्ग , विभिन्न विद्यालयका प्र.अ तथा शिक्षक शिक्षिकाहरुको आतिथ्यतामा थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार