Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बालकल्याणमा पूर्व विद्यार्थीद्धारा खेल मैदान स्तरोन्नतिका लागि १ लाख १५ हजार सहयोग

बालकल्याणमा पूर्व विद्यार्थीद्धारा खेल मैदान स्तरोन्नतिका लागि १ लाख १५ हजार सहयोग

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ७ २०८२


बालकल्याणमा पूर्व विद्यार्थीद्धारा  खेल मैदान स्तरोन्नतिका लागि १ लाख १५ हजार सहयोग

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–३ याङमाको श्री बालकल्याण आधारभूत विद्यालयको खेलमैदान स्तरोन्नतीका लागि पूर्व विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले विद्यालयको खेल सामग्री व्यवस्थापन तथा बालमैत्री खेल मैदानको स्तरोन्नतिको कार्यका लागि १ लाख १५ हजार ७५५ रुपैया प्रदान गरिएको हो ।

बैदेशिक रोजगारीमा रहेका र नेपालका विभिन्न क्षेत्रमा कार्यरत विद्यार्थीहरुको सहयोग रहेको पूर्व विद्यार्थी निरोज राईले बताए । आज एक कार्यक्रमको आयोजना गरि सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो । विद्यार्थीहरूको हितका लागि गरिएको यस सहयोगप्रति विद्यालयले गहिरो सम्मान र आभार प्रकट गर्दै सबै दाताहरूलाई धन्यवाद दिएको छ ।

अभियानलाई सफल बनाउन टंक पौडेलले सहजीकरण गरेका थिए । विद्यालयको मैदानका लागि टंक पौडेल, मिलन पौडेल, संगम पौडेल, गीता र सुगम राई, सरोज खतिवडा, नीम दोर्जे शेर्पा, माधव भट्टराई, लक्ष्मी कटेल, कुमार राईले सहयोग गरेका थिए । त्यसैगरी पदम दाहाल, विपिन खतिवडा, पदम भट्टराई, मिना भट्टराई, सुशील गुरुङ, झलनाथ खतिवडा, निरोज राई, मिना राई, विवेक राई लगायतले आर्थिक सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार