Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अचेत अवस्थामा भेटिएका इलामका निर्मलको मृत्यु

अचेत अवस्थामा भेटिएका इलामका निर्मलको मृत्यु

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन ७ २०८२


अचेत अवस्थामा भेटिएका इलामका निर्मलको मृत्यु

फिक्कल । इलाममा अचेत अबस्थामा भेटिएका व्यक्तिको मृत्यु भएको छ । बिहीबार साँझ ७ बजे इलामको रोङ गाउँपालिका वडा नम्बर ४ भालुझोडास्थित मेची राजमार्गको छेउमा तत्काल पहिचान नखुलेका युवा भेटिएका थिए । उनलाई स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि फिक्कल अस्पताल पठाइएको थियो ।

प्रहरीका अनुसार रोङ गाउँपालिकाका अन्दाजी ३२ वर्षका निर्मल लिम्बू अचेत अवस्थामा फेला परेका थिए । उनको परिवारलाई सम्पर्क गरी प्रादेशिक अस्पताल भद्रपुरमा बुझाएकोमा परिवारले उपचार गर्न नसकी घरमा पुर्याउन साथ  मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार