Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन ५ २०८२


मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । उनलाई केपि ओली प्रधानमन्त्री भएका बेला २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ । २०८१ चैत २५ मा उनिविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । २३ वर्षीया युवतीले उनिविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।

यसअघि अहिराजले नै पीडित युवती विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । प्रहरी स्रोतका अनुसार सो मुद्दामा पीडित युवती हाजिर जमानीमा रिहा भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार