फिक्कल : इलामका आयुष तिम्सिना लाई समेट्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु–२३ फुटबल टोलीको छनोटमा ३२ खेलाडीलाई राखेको छ । एन्फाले यसअघि ८९ सदस्यीय, ५३ सदस्यीय र ४० सदस्यीय छनौट गर्दै ३२ मा झारेको हो । आयुष यसअघि नेपालको यु–१९ र यु–२० टिममा समेत खेलिसकेका छन् । आयुषसंगै शिर्ष ४० सम्म पुगेका गोलरक्षक विवेक मगर भने बाहिरिएका छन् ।
काठमाण्डौ रेजर्सबाट नेपाल सुपर लिग खेलेका विवेक पहिलो पटक नेपाली राष्ट्रिय टिमको प्रारम्भिक सुचीमा समेटिएका थिए । यु–२३ एएफसी एसियन कप छनोटमा समूह’ के’ अन्तर्गतको खेल सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ । यो समूहमा यी दुईसहित सिरिया र फिलिपिन्स पनि छन् । नेपाली टिमकाे प्रशिक्षक नविन न्याैपाने रहेका छन् ।
प्रशिक्षणमा रहेका खेलाडी
अभिषेक स्याङ्तान, आयुष घलान, अमित तामाङ, अनिल बम्जन, आयुष तिम्सिना, अनिश क्षेत्री, एलन थापा, विवेक गुरुङ, अभिषेक वाइबा, विशाल केसी, दिपेश गुरुङ, विशाल नेपाली, दिपेश राई, जन्मजय धामी, जियारत सेख, कृशल मोक्तान, कृतिशरत्न छुन्जु, लाहन सुब्बा, निङ्मा लामा, निराज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सविन घिमिरे, संजीव लामा, शंकर थारु, सन्तोष खत्री, सिमान्त थापा, सुजन मगर, सुमित श्रेष्ठ