Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामको रोङमा श्रमदान हाम्रो सान, रोङ बिकास हाम्रो अभियान (तस्बिरहरु)

इलामको रोङमा श्रमदान हाम्रो सान, रोङ बिकास हाम्रो अभियान (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन ५ २०८२


इलामको रोङमा श्रमदान हाम्रो सान, रोङ बिकास हाम्रो अभियान (तस्बिरहरु)

इलाम (रोङ) । इलामको रोङमा श्रमदान हाम्रो सान, रोङ बिकास हाम्रो अभियानका लागि रोङमा ५७ टोलबिकास समितिलाई एकदिवसीय अभिमुखिकरण सम्पन्न भएको छ । ६ वटा वडा मा ५७ वटा टोलसमिती गठन पश्चात् ५७ वटै टोलबिकास समितिलाई एकदिवसीय अभिमुखिकरण असार १७ बाट ३२ गतेसम्ममा सम्पन्न भएको हो ।
टोल बिकास समिती संचालन तथा ब्यवस्थापन कार्यबिधी र श्रमदान संचालन तथा परिचालन निर्देशिका २०८१ सहित बिकास पछिको ब्यवस्थापन, दिगो बिकासमा नागरिकको भुमिका तथा महत्त्व , नागरिकको राज्य प्रतिको दायित्व , समग्र रोङ बिकास मोडल र अवधारणा र सामाजिक पुजी संरक्षण लगायतको बिषयमा अभिमुखिकरण सम्पन्न भएको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए ।
६ वटै वडाको वडा स्तरीय समन्वय समितीको बैठक बसि विभिन्न योजना हरुमा एकरुपता कायम गरि सबै नागरिकलाई साथमा लिएर दिगो बिकासको दिशा तर्फ अघि बढने योजना रहेको छ। अभिमुखिकरणपछि हाल विभिन्न टोलटोलमा सडक मर्मत सरसफाई मा नागरिक खटिएको उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् ।

(तस्बिरहरु)

प्रतिक्रिया
सम्बन्धित समाचार