फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकाको फाकफोक खोलामा निर्माण भएको बेलिब्रिज उद्धघाटन गरिएको छ । पालिकाको गौरवको योजना साउन १ गतेबाट संचालनमा ल्याइएको हो ।
बेलिब्रिज कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले उद्धघाटन गरे । मन्त्री रानाले बेलिब्रिज उद्धघाटन गर्दै विकास पुर्वाधारमा सधै फाकफोकथुमको लागि धेरै योजना बजेट निर्धारण गर्दै आएको बताए ।
उनले फाकफोकफोकथुम धार्मिक क्षेत्रको रुपमा सन्त ज्ञानदिल दासको जन्म भुमि भएकाले सबै मिलेर यसको प्रर्वद्धनमा लाग्नु पर्ने बताए । रानाले सन्त ज्ञानदिलदाससँग तात्कालिक राजाहरुले प्रत्यक्ष सामाजिक नेतृत्व तथा आशिर्वाद लिएको समेत तथ्यांक भेटिएको कुरा सुनाए ।
,फाकफोक र थुुम भन्ने शब्द लाई नै आधार मानेर राष्ट्रिय पुनरसंरचना बनाउदा यो क्षेत्रको नामाङकन गरिएको स्मरण गराए । शिक्षा स्वास्थ्य सिचाइ साँस्कृतिक धार्मिक सबै तरिकाबाट अघि बढेर विकास गर्ने दायित्व तीनै तहको सरकारको रहेको उनले बताए ।

उद्घाटन समारोहका अध्यक्ष तथा गाउपालिका अध्यक्ष दिपेन्द्र खनालले आफुले नागरिक सँग गरेको प्रतिवद्वता लाई पुणता गर्ने एउटा कार्य सफल भएको बताउदै अरु थुप्रै कार्यहरु पालिका भित्र सन्चालनमा रहेको बताए ।
उपाध्यक्ष कल्पना राईले स्वागत मन्तव्य राख्दै पुल एउटा उदाहरण मात्र भएको र सबै वडालाई विकासको दृष्टिले समान रुपमा हेरिएको बताइन् । उद्घाटन कार्यक्रमबाट उक्त वेलिवृजको नाम (सेतो) पुल भनी नामाङकन गरिएको फाकफोकथुम–३ का वडाध्यक्ष दिपेन्द्र लिम्बुले बताए ।
पुल निर्माणपछि १२ महिना फाकफोथुमको वडा नं २, ६ र ७ का बासिन्दाले पालिकाको केन्द्रसम्म पुग्न सक्ने भएका छन् । पुल २ करोड २० लाख ८ हजार ९ सय ६५ रुपैयाको लागतमा माछापुच्छ्रे इन्जिनियरिङ प्रालिले ठेक्का पारेर पुल निर्माण गरेको हो ।
२०८१ असार ६ गते सम्झौता गरेर २०८२ बैशाख २५ सम्ममा सम्पन्न गर्नुपर्ने पुल करिब १ महिना मात्र ढिला गरेर सम्पन्न गरिएको थियो ।