Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

वाई सि एलको २ महिने श्रम तथा उत्पादन अभियान इलाममा शुरु (तस्बिरहरु)

वाई सि एलको २ महिने श्रम तथा उत्पादन अभियान इलाममा शुरु (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २ २०८२


वाई सि एलको २ महिने श्रम तथा उत्पादन अभियान इलाममा शुरु (तस्बिरहरु)

दानाबारी । नेकपा माओबादी केन्द्र का साहायक संगठन वाइ सि एल नेपालको श्रम तथा उत्पादन अभियान शुरु भएको छ । २ महिने अभियानको इलामको माई नगरपालिकाबाट शुरु भएको हो । माई नगरपालिका २ र ४ मा रहेको नमुना सामुदायिक वनमामा विभिन्न जात को बिरुवा साथै फुँल रोपाइ र सरसफाई को कार्यक्रम गरि अभियानको काम शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन नेकपा माओवादी पार्टीका केन्द्रीय सदस्य धिरेन्द्र सर्मा रमण, प्रदेस सदस्य दिपक सेन्चुरी, माओवादी केन्द्रका मार्इनगर अध्यक्ष भक्त लुङ्गेली, सचिव मदन लोक्तामले गरेका थिए । कार्यक्रममा वाई सि एलका केन्द्रिय सदस्य राजु लोक्ताम, निरा गुरुङ पाटी सचिवालय सदस्य सुमन राई, वाई सिए ल उपाध्यक्ष कोभित दाहाल, अमृता राईको उपस्थिति रहेको थियो ।

त्यसैगरि सशस्त्र प्रहरी बल दानाबारी, प्रहरी चौकी लोदिया, नमुना युवा क्लब वाई सि एल प्रदेश सदस्य राजेस प्रधान लगायतको सहभागिता रहेको वाई सि एल इलाम अध्यक्ष डिवन राईले बताए ।

थप तस्बिरहरु 

प्रतिक्रिया
सम्बन्धित समाचार