इलाम । इलाममा आत्महत्या घटनाको संख्या घट्दै गएको छ । प्रहरीले जनचेतनामुलक कार्यक्रम संचालन गरेपछि आत्महत्याका घटना घटेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनीक गरेको आर्थिक वर्ष २०८१÷०८२ का बार्षिक प्रगति र घटनाको अवस्था सार्वजनीक गर्दै आत्महत्याका घटना घट्दै गएको जानकारी गराइएको हो ।
गत आर्थिक वर्षको तुलनामा आत्महत्याका घटनाहरु ३० प्रतिसतले कमी आएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपि एकनारायण कोइरालाले बताए । आर्थिक वर्ष २०८०÷०८१ मा १ सय २० वटा आत्महत्याका घटना भएपनि आर्थिक वर्ष (८१÷०८२) मा ८४ वटा घटना भएका छन् । त्यसमा ६ जना बालिका, १९ जना महिला र बाँकी पुरुष रहेका हुन् । आत्महत्याका घटना काम गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीबाट जनचेतनामुलक काम गर्दै आएको एसपि अर्यालले जानकारी दिए ।
आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ बमोजिम जिल्ला देखि वडास्तरसम्म कार्यदल गठन गरी कार्यक्रमहरु संचालन गरिएको उनले बताए । प्रहरीले ३ सय ५० वटा जनचेतना मुलुक कार्यक्रम संचालनबाट प्रभावकारी रुपमा आत्महत्या न्युनिकरण भएको हो ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा कानूनी तथा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी लागुऔषध सहित पक्राउ परेका प्रतिवादिहरुलाई मनोसामाजिक परामर्श दिने गरिएको हो ।
प्रहरीको तथ्याङ्क अनुसार इलाममा जघन्य प्रकृतिका घटनाहरु भने बढ्दै गएका छन् । जघन्य प्रकृतिको घटना मध्येको फाकफोकथुम गाउँपालिका वडा नं.३ को घटना काहालिलाग्दो छ । फाकफोकथुम ३ सल्लेरी बस्ने वर्ष २५ का उमेश गिरीले आफ्नै गर्भवती श्रीमती हत्या गरी खाल्डो खनि गाडेका थिए । उनले शवलाई वडा नं.२ धार्नेखोप स्थित खाल्डो खनी पुरेको घटनामा उनकी प्रेमिका शर्मिला जिरेलले साथ दिएको प्रहरीका अनुसन्धानमा खुलेको थियो । गत वर्ष फागुन २९ गते मृतक कट्टेल हराएको भनिएपनि श्रीमान्ले नै हत्या गरेर फरार भएको प्रहरीको भनाइ छ । इलामका प्रहरी प्रमुख एसपी एकनारायण अर्याल भन्छन्– दुई जीउ भएकी महिलालाई श्रीमान्नै खाल्टो खनी हत्या गरेको घटना काहालिलाग्दो नै रहेको छ । घटनामा संलग्न अभियुक्तहरु श्रीमान् उमेश गिरी र शर्मिला जिरेललाई भक्तपुरबाट पक्राउ गरिएको थियो । अहिले उनीहरु इलाम जिल्ला अदालतको आदेशले दुवै जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
त्यस्तै सूर्योदयन गरपालिका ११ निवासी वर्ष ५१ को दनराज राईलाई हत्यामा संलग्नलाई कारबाही गरि जेल चलान गरिएको हो । घटनामा संलग्न मृतकको छोरा एडवर्ड राई सहित ६ जना पक्राउ गरि इलाम जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान भएका हुन् । त्यसैगरी इलाम नगरपालिका ४ भित्ते निवासी वर्ष ६७ को देउ प्र. राईलाई हत्यामा संलग्नलाई प्रक्राउ गरि कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ । गत फागुन ३ गते भएको घटनामा संलग्न राम कुमार राई , विरेन्द्र राई र शब्द कुमार राई सहित ३ जना पक्राउ गरिएको थियो ।
त्यसमध्ये जिल्ला अदालतको आदेशले २ जना प्रतिवादीहरु पुर्पक्षको लागी कारागार चलान भएका छन् । त्यसैगरी जघन्य अपराधमा १३ वर्ष कि बालिकालाई जबरजस्ती करणि घटना लुकाउन संलग्नलाई पनि प्रहरीले कारबाही गरेको छ ।
माई नपा–२ दानाबारी घटनामा संलग्न केशव गिरी तथा उक्त कसुरमा ३ लाख रकम पिडितको परिवारलाई दिई घटना लुकाउन संलग्न अन्य ३ जना समेत पक्राउ गरि कारबाही गरिएको हो । घटनामा संलग्न केशव गिरि पुर्पक्षका लागि थुनामा अदालतले पठाएको र बाँकीलाई धरौटी रकममा छोडेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष ०८१÷०८२ मा जिल्ला प्रहरी कार्यालयमा कसुर दर्ता १ सय ९७ वटा भएका छन् । त्यसमा कसुरदार २ सय ७४ वटा रहेका छन् । त्यसैगरी कर्तव्य ज्यान सम्बन्धि ६ वटा मुद्धा दर्ता भएको र ६ जनाको हत्या भएको उल्ल्ेख छ । त्यसमा संलग्न १६ जना रहेका जानकारी गराइयो । प्रहरीको तथ्याङ्कमा आलुऔषधका घटनाहरु बढेको देखिन्छ । आर्थिक वर्ष ८१÷०८२ मा २७ वटा कसुर दर्ता भएका थिए ।
त्यसमा संलग्नको संख्या ५२ जना रहेका छन् । लागुऔषधका घटना अघिल्लो वर्षको तुलनामा संख्या बढेको हो । प्रहरीले कसुरदारबाट ब्राउन सुगर २५दशमलव ९६ ग्राम, गाँजा ८ सय १६ ग्राम, अफिम ३ दशमलव ३९० ग्राम, नाईट्रोसन –४ ट्याब्लेट र नाईट्रोसन १.२० ग्राम बरामद गरेको छ । प्रहरीको तथ्याङ्कमा जबरजस्ती करणिका घटनाहरु इलाममा बढेका छन् । जसमध्ये ३१ वटा घटना आर्थिक वर्ष ८१÷०८२ मा घटना घटेका छन् । सबै घटनामा मुद्धा दर्ता गरि कानुनी कारबाही गरिएको हो । त्यसैगरी आर्थिक वर्ष ८१÷०८२ मा १७ वटा घटनामा २७ जना पक्राउ गरि कारबाही गरिएको हो । त्यसैगरी इलाममा सावारी ज्यान सम्बन्धि घटना मृत्यु संख्या ९ रहेको र घटना संख्या ८ वटा रहेका छन् । यसैगरी प्रहरीले आर्थिक वर्ष ०८१÷०८२ मा विभिन्न घटनामा अपराध गरि फरार भएका १ सय ४६ जनालाई पक्राउ गरि कारागार चलान भएका छन् ।
पक्राउ गरिएकाहरुको सबै सजाय जोड्दा ७७ वर्ष ९ महिना १ दिन सजाय हुन्छ । त्यसैगरी जरिवाना ४५ लाख ४१ हजार ५ सय ५० रुपैयाँ असुल भएको छ । त्यसैगरी प्रहरीले यो आर्थिक वर्षमा अबैध काठ ६ लाख ९० हजार ५ सय बराबरको पक्राउ गरि वन कार्यालयमा बुझाएको छ ।
त्यसैगरी यस आबमा १ सय ९२ जना मानिस हराएको उजुरीमा ४ जना मात्रै फेला नपरेको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि महिला बालबालिका सम्बन्धि घटनाका उजुरी ६६ वटा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामले सामुदायीक कार्यक्रम अन्तरगत आत्महत्या न्यूनिकरण, लागु औषध, साईबर अपराध
महिला हिंसा, घरेलु हिंसा, विपद्, मानब बेचबिखन, बाल हिंसा, आगो लागी, ट्राफिक सचेतनाका कार्यक्रम ५ हजार ७९ वटा गरिएको छ । जिल्लास्थित संचारकर्मीहरुको उपस्थिमा जिल्ला प्रहरी कार्यालयले आर्थिक ०८१÷०८२ का घटनाहरुको बिवरण सार्वजनीक गरेको हो ।