Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर

इलाममा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २ २०८२


इलाममा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर

इलाम । इलामको सूर्योदय नगरपालिका–१, भालुखोपमा एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते छन् । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन् ।

प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्योदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।

शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार