Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

श्रीलंकाको पोस्टमा नेपालको ७ गोल

श्रीलंकाको पोस्टमा नेपालको ७ गोल

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन १ २०८२


श्रीलंकाको पोस्टमा नेपालको ७ गोल

इलाम । मिना देउवाको ह्याट्रिकमा नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई ७–० को फराकिलो अन्तरमा हराएको छ। नेपालको यो दोस्रो जित हो। तीन खेलबाट नेपालले ६ अंक बनाएको छ।

बंलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाको कारण नियमित समयभन्दा डेढ घण्टा ढिला गरी सुरु भयो। श्रीलंकाविरूद्ध नेपालले गोलको वर्षा गर्यो। मिनाले ह्याट्रिक गर्दा पुर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारी नाथले समान १ गोल गरिन्।

खेलको आठौं मिनेटमा मिनाले गोलको खाता खोलिन्।‌ उनले बक्स बसहिरबाट हानेको प्रहार गोलमा परिणत भयो। १३ औं मिनेटमा समिक्षाले अग्रता दोब्बर बनाइन्। श्रीलंकन खेलाडीले क्लियर गर्न नसकेको बललाई समिक्षाले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो।

खेलको ४२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो। माया मास्केको लङ रेन्ज प्रहारलाई श्रीलंकाकी गोल किपर थारुसिका डि डोडामगोडागीले बचाए पनि रिबाउन्डमा मिनाले सेकेन्ड बारमा हानेको प्रहार पोलमा लाग्दै गोल भयो।

पहिलो हाफको इन्ज्युरी टाइममा पूर्णिमा राईले दुई गोल गरिन्। थप गरिएको ४ मिनेटको दोस्रो मिनेटमा काउन्टर एटयाकमा बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लियो। यसपछि इन्ज्युरी समयको चौथौ मिनेटमा पूर्णिमाले किपरसँगको वान भर्सेज वानमा हानेको प्रहार किपरको हातमा लागेर गोलमा परिणत भयो। पहिलो हाफमा नेपालले ५–० को अग्रता बनायो।

दोस्रो हाफमा भने श्रीलंका विरूद्ध नेपालले दुई गोल मात्र गर्न सक्यो। ७० औं मिनेटमा वर्षा ओलीको पास श्रीलंकाको डिफेन्डरलाई लागेर आएको बललाई मिनाले सही दिशा दिईन्। योसँगै मिनाले ह्याट्रिकको सफलता प्राप्त गरिन्।

यसपछि इन्जुरी समयको पहिलो मिनेटमा करिब २५ कार्ड टाढाबाट सरिताले हानेको फ्रि–किक प्रहार श्रीलंकाकी होल किपरको हातमा लाग्दै गोलमा परिणत भयो। यो सँगै नेपालले ७–० को जित हात पार्यो।

पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंलादेशसँग ३९२ होल अन्तरले हारेको थियो। अब नेपालले बिहिवार श्रीलंकासँग नै खेल्नेछ भने त्यसपछि भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार