Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

  • सन्देश सम्बाददाता
  • आइतबार, असार २९ २०८२


प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । सम्भावित कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने पनि उल्लेख छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार