इलाम । तस्करले कनकाई खोलामा बगाएर ल्याउँदै गरेको साखुको काठ प्रहरीले बरामद गरेको छ । बिहिवार बिहान ३ बजे अस्थाई प्रहरी चौकी माईधार बाट खटिएको प्रहरी र गैडे सामुदायिक वनबाट खटिएको कर्मचारीको संयुक्त गस्ती टोली ले शिवसताक्षी नगरपालिका वडा न।१० दोमुखास्थित कनकाई माई खोलामा ट्युवमा बाँधी बगाई ल्याउँदैं गरेको अन्दाजी १५० क्युफिट साखुको काठ बरामद गरेको हो ।
काठ खोलाबाट निकाली आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वनलाई बुझाइएको अस्थायी प्रहरी चौकी माईधार का इन्चार्ज मानपुर चौधरी बताए । लामो समयदेखि तस्कर समुहले कनकाई खोलाबाट काठ बगाएर ल्याउने गरेको छ ।
यसविचमा खोलामा काठ बगाएर ल्याउने समुह र प्रहरी विच पटक पटक झडप समेत हुदै आएको छ ।