Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

आजबाट सन्दकपुरमा राँके नकाउट फुटबल

आजबाट सन्दकपुरमा राँके नकाउट फुटबल

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार २६ २०८२


आजबाट सन्दकपुरमा राँके  नकाउट फुटबल

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा आजबाट राँके  नकाउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । सन्दकपुर खेल संघको आयोजनामा २०८२ को संस्करण सुरु  भएको हो ।

प्रतियोगिताको उद्धघाटन खेलमा नवज्योती खेल संघ जुनियर र फागो ब्रदर्स भिडदैछन् । प्रवोध माविको खेलमैदानमा संचालन हुने प्रतियोगितामा इलामका ३२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ५१ हजार र उपविजेताले २६ हजार १ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्ड र उदीयमान खेलाडीलाई पुरस्कृत गरिनेछ । आयोजकले सहभागि खेलाडीहरुको बिमा समेत गरेको छ । सन्दकपुर गाउँपालिका भित्र संचालन हुने फुटबलमा पहिलो पटक सन्दकपुर खेल संघले बिमा गराएको हो । खेल दौरान खेलाडीमा गम्भिर चोटपटक लागेमा १ लाख रुपैयाको जोखिम बहन गरिएको छ ।

प्रतियोगिता अन्र्तगत आगामी २९ गतेबाट अन्तर विद्यालय यु–१४ फुटबल समेत हुँदैछ । प्रतियोगितामा सन्दकपुर गाउँपालिका भित्रका विद्यालयहरु सहभागी हुनेछन् । प्रतियोगिताको उद्धघाटन खेल अघि मैदान आसपासका क्षेत्रका जेष्ठ नागरिकहरुलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिने क्लबका अध्यक्ष रेखा गुरुङले जानकारी दिए ।

प्रतियोगिता आगामी साउन २ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार