Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

मरब प्राध्यापक संघको कार्य समिति सर्वसम्मत

मरब प्राध्यापक संघको कार्य समिति सर्वसम्मत

  • रेविका तोलाङ्गी
  • मंगलबार, असार २४ २०८२


मरब प्राध्यापक संघको कार्य समिति सर्वसम्मत

इलाम । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ इकाई समितिको अध्यक्षमा लोकबहादुर लुङ्गेली निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको उपसभापतिमा सागरमणि घिमिरे, सचिवमा पुन्यप्रसाद भट्टराई, सहसचिवमा सन्तोष पराजुली र कोषाध्यक्षमा परशुराम पोखरेल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा जङ्गवीर राई, बिमला पोख्रेल, युवराज खतिवडा, मनु राई, सुकमाया जबेगु र विक्रम लुइटेल सर्वसम्मत चयन भएका छन् ।

समितिको कार्यकाल २ बर्षको हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार