नयाँबजार । इलामकाे माईजोगमाई गाउँपालिका वडा न ५ मा जेष्ठ नागरिक सम्मान , अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामाग्री र विध्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । ८२ देखि ८४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई सम्मान, अपाङ्गता भएका बिद्यार्थीहरुलाई समेत शैक्षिक सामाग्री र अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री समेत वितरण गरिएको हो ।
वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राईको अध्यक्षतामा भएके कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
जेष्ठ नागरिक जिउदो ईतिहास भएकोले उनीहरुलाई सम्मान सदैव गर्नुपर्ने कार्यक्रममा वक्ताहरुले बताए माईजोगमाई गाउँपालिकाले सामाजिक विकासको क्षेत्रमा निर्न्तर काम गर्दै आएको र गाउँपालिका क्षेत्रका जेष्ठ नागरिक , असक्त अपाङगता भएका व्यक्ति र विपन्न वर्गको जीवन स्तर उकास्न र उनीहरुको दैनिक जीवन सहज भएको समेत बताइएको छ ।