Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सिंहदेवी माविलाई तरुण दल सूर्योदयको रंगरोगन सामाग्री

सिंहदेवी माविलाई तरुण दल सूर्योदयको रंगरोगन सामाग्री

  • सन्देश सम्वाददाता
  • आइतबार, असार २२ २०८२


सिंहदेवी माविलाई तरुण दल सूर्योदयको रंगरोगन सामाग्री

फिक्कल । नेपाली कांग्रेस निकट तरुण दलले सूर्योदय नगरपालिका–१ गार्खेको सिंहदेवी माध्यमिक विद्यालयमा रंगरोगन सामाग्री हस्तान्तरण गरेका छन् । सूर्योदय नगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सदस्य दुर्गा कुमार बराल ज्यू, सूर्योदय नगरपालिका–१ का वडाध्यक्ष राजकुमार सेरङ लिम्बु, इलाम क्षेत्र नम्बर १ क का सभापति मैया लिम्बु, सूर्योदय नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रज्वल प्रधान, सूर्योदय नगरपालिका उपप्रमुखको सचिवालय सदस्य नगेन्द्र बुढाथोकी, विक्रम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

विद्यालयको भवनहरु रंगरोगन गर्नुपर्ने अवस्थामा पुगेकाले सामाग्री प्रदान गरेको जनाइएको छ । नगर उपप्रमुख बराल र वडाध्यक्ष सेरेङले रंगरोगन गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए । तरुण दलले डिस्टेम्पर, कोल, प्राइमर, रोलर र ब्रस विद्यालयलाई प्रदान गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार