चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ स्थित आइतबारे बजार सरसफाइ गरिएको छ । स्थानिय सक्रिय युवा युनिट र चुलाचुली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बजार सरसफाइ गरिएको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिल कुमारी लिम्बु, स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहाल,४ नम्बर वडाध्यक्ष सागर जबेगु लगायत स्थानियबासीको उपस्थितीमा सरसफाइ गरिएको थियो ।
बर्षात सुरु भए सँगै लामखुट्टे बढने र यसले बिभिन्न प्रकारका रोगहरु सार्ने भएकाले लार्भा नष्ट गनुएका साथै बजारको सौन्दर्यता थप्नका लागी आइतबारे बजार ब्यवस्थापन समिती ले सहजिकरण गरेको थियो । घनाबस्ती भएका क्षेत्रहरुका साथै मानिसको आवतजावत बाक्लो भएकाले मनसुन सुरु भएसंगै अब्यवस्थित रुपमा फालिएका बोलतहरु, पानीका जार हरुमा,टायर लगायतका सामाग्री मा लामखुट्टे का लार्भाहरु हुर्कने स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।
उनले समुदायमा मलेरिया, डेङ्गु जस्ता किटजन्य रोग हरुको महामारी बढने भएकाले यसको नियन्त्रण का लागी यो सरसफाइ कार्यक्रम सन्चालन गरिएको बताए । चुलाचुली ४ मा रहेको आइतबारे बजारमा किराना, फार्मेशी,मोटरसाइकल ग्यारेज, शैलुन फ्रेश हाउस, टेलरिङ्ग, होटल,डेरी लगायत का ३० भन्दा बढि व्यवसाय संचालनमा छ ।
पछिल्लो समय बजारमा फोहोरमैला बढि भएकाले भविष्यमा नागरिकहरुलाई सरसफाइ अभियानमा प्रेरित गर्दै बजारबासी तथा ब्यावसायीहरुलाई फोहोरमैला लाई ब्यवस्थित गर्न र लामखुट्टे द्वारा लाग्ने बिभिन्न रोगहरुको नियन्त्रणका लागी कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष केरुङले जानकारी दिए ।
स्थानिय सरकारले वडा नम्बर १ र २ का लागी एउटा तथा वडा नम्बर ३ ,४ ,५ र ६ का लागी एउटा गरी जम्मा २ वटा ल्याण्डफिल्ड साइड का लागी अध्ययन सुरु गरेको केरुङले बताए । संघीयतापछि बस्ती बढ्दै जाँदा समस्या देखिने खतरा देखिएपछि स्थानीयले गाउँपालिकालाई ध्यानाकर्षण गराउँदै आएका छन् ।