Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरको राष्ट्रिय आविका ३४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन्दकपुरको राष्ट्रिय आविका ३४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १७ २०८२


सन्दकपुरको राष्ट्रिय आविका ३४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५, जमुना इङ्गलास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालय झोला ९व्याग० वितरण गरिएको छ। हाई इफिसिएन्सी एग्रो टुरिजम एण्ड हेल्थ अवेयरनेस, महालक्ष्मी नगरपालिका–८, ललितपुर, नेपालले विद्यार्थीहरुलाई सामाग्री प्रदान गरेको हो ।

शिक्षक अभिभावक संघका अध्यक्ष लिला राम गुरुङको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रम सन्दकपुर गाउँपालिका–५ का वडा सदस्य कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका प्रदेश संयोजक सोम सुनिल राईले शैक्षिक सहायतामार्फत ग्रामीण भेगका विद्यार्थीलाई प्रेरित गर्न र अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सामग्री वितरण गरिएको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार