Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

नदीको कविता संग्रह ‘प्रथम शब्दखेती’ लोकार्पण

नदीको कविता संग्रह ‘प्रथम शब्दखेती’ लोकार्पण

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १६ २०८२


नदीको कविता संग्रह ‘प्रथम शब्दखेती’ लोकार्पण

फिक्कल । छन्द कवि नुरज भट्टराई नदी द्वारा लिखित  कविता संग्रह ‘ प्रथम शब्दखेती’ को लोकार्पण गरिएको छ । सुर्योदय सामाजिक प्रतिष्ठानको आयोजनामा फिक्कलमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता र मोती छन्द कला साहित्य झापाका संयोजक तथा छन्द कवि हरिप्रसाद रिमाल प्रमुख आतिथ्यता रहेको कार्यक्रममा इलाम मरब क्याम्पसका पुर्व–प्रमुख केशबहादुर राई, बुद्धी प्रसाद घिमिरे प्रतिष्ठान इलामका अध्यक्ष टिका घिमिरे लगायत विशिष्ट अतिथिहरूले ‘शब्दखेती’ संग्रहमाथि धारणा राखेका थिए ।

वक्ताहरुले लेखक आफुले देखेका भोगेका कुराहरु नै कविताको माध्यमबाट आएको र यस्ले समाज रुपान्तरण गर्नमा महत्वपुर्ण भुमिका खेल्ने बताए । करिब दुई दशकदेखि साहित्यका विविध विधामा लेखन गर्दै आएका कवि भट्टराईले पुस्तक विमोचनको अवसरमा आफ्ना अनुभव सुनाउँदै भने “यो मेरो लेखन यात्राको औपचारिक सुरुवात हो। साहित्य गहिरो अध्ययनको विषय हो, सतही रूपमा यसलाई बुझ्न सकिन्न ।” उनले आफुले शव्दको खेती गर्दै गर्दा पूस्तक लेखनको क्रममा के भन्ने के नभन्ने अवस्थामा पुगेको बताए ।

कार्यक्रममा छिमेकी राष्ट्र भारतको मिरिकबाट डा. कमला तामाङ, केशङ लामा, दिप प्रधान, सिलिगुडीबाट सुरेन प्रधान, पुष्पा प्रधान, आशिस प्रधान, झापाबाट तुलसीप्रसाद भट्टराई, इन्द्रप्रसाद कट्टेल, लक्ष्मी अच्युत ढुङ्गाना, इलामबाट विमल बैद्य, शिव अधिकारी ‘इलामे जेठो’, देवी गौतम, कविता राई ‘गाउँले’, दिपेन्द्र आचार्य, डिल्ली सुवेदी ,कुलप्रसाद ढकाल, अर्जुन ‘बेदना राई’ लगायतका साहित्यकार तथा विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि कविहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार