माई : इलामको माई नगरपालिका–२ का विद्यालय संचालक ५२ वर्षीय खेमराज ढकाललाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। डिएसपी मानबहादुर राईका अनुसार ढकाल राति ८ बजे घरबाटै पक्राउ परेका हुन्।
उनले ११ बर्षिय छात्रालाई यौन दुर्व्यवहार गरेको प्रहरीको आरोप छ। ढकाल हरियाली रेसम शैक्षिक गुठी स्कुलका संस्थापक र शिक्षक हुन् ।
उनी नेकपा (एमाले) का जिल्ला सल्लाहकार परिषद सदस्य, बुद्धिजीवी परिषद सदस्य, माई नगरपालिका वडा १३ का इलाका सचिव तथा शिक्षा समिति सदस्यसमेत हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, स्थानीयले कानुनी कारबाहीको माग गर्दै ढकाललाई नियन्त्रणमा राखिएको लोदिया प्रहरी चौकी अगाडि नाराबाजी गरेका छन्।