Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लाओसविरुद्धको सुरुवाती ११ मा परेनन् एञ्जिला र प्रिती

लाओसविरुद्धको सुरुवाती ११ मा परेनन् एञ्जिला र प्रिती

  • सन्देश सम्वाददाता
  • आइतबार, असार १५ २०८२


लाओसविरुद्धको सुरुवाती ११ मा परेनन् एञ्जिला र प्रिती

इलाम । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नियमीत गोलरक्षक तथा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बासहित मिडफिल्डर प्रिती राई र डिफेन्डर पूजा रानाले सुरुवाती ११ मा स्थान बनाउन सकेनन्। टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डेले घोषणा गरेको सुरुवाती ११ मा कप्तानसहित टोलीमा ठूलो परिवर्तन गरेका हुन्।

यसअघि नियमीत ११ मा स्थान बनाउँदै आएका एञ्जिला, पूजा राना, रेखा पौडेल, प्रिती राई वैकल्पिक खेलाडीको रुपमा बाहिर छन्। यसअघि बेन्चमा सिमित बन्दै आएकी दोस्रो रोजाइकी गोलरक्षक अञ्जना रानामगरले सुरुवाती ११ मा मौका पाएकी छिन्।

गोलरक्षक अन्जनासहित निसा थोकर, सरस्वती हमाल, अनिता बस्नेत र रश्मी कुमारी घिसिङ सुरुवाती रोजाइमा मैदान उत्रदैँछन्। आज सरु लिम्बूले ५० औं खेल खेल्दैछिन् भने नेपालले १००औंँ खेल खेल्न लागेको हो।
राष्ट्रिय टोलीबाट सरस्वती हमालको डेब्यू
लाओससँगको खेलबाट सरस्वती हमालले डेब्यू गरेकी छन् । घरेलु फुटबलमा सरस्वतीले एपीएफ क्लबबाट खेल्दै आएकी छन् । प्रशिक्षक प्याट्रिक डे वाइल्डले सार्वजनिक गरेको सुरुवाती ११ मा सरस्वतीले स्थान बनाएकी हुन् ।

नेपालको टोलीमा व्यापक परिवर्तन गरिएको छ । टोलीमा १० जना एपीएफबाट खेल्ने खेलाडी छन् । टोलीको कप्तानमा रेनुका नगरकोटे छन् । गोलकिपर अन्जना रानामगर छन् । डिफेन्समा समीक्षा घिमिरे, पुजा राना र निशा थोकर छन् ।

मिडफिल्डमा सरु लिम्बु, रेनुका, सरस्वतीसँगै सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् । समीक्षा बाहेक सबै एपीएफका खेलाडी हुन् । खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार