इलाम । इलामे श्रष्टा दीपेन्द्र आचार्यले कविता संग्रह पृथ्वीको ब्यपार पाठकसामु ल्याउन लागेका छन् । सूर्योदय नगरपालिका–२ पशुपतिनगरका आचार्यको कृतिलाई इन्डिगो इन्क प्रकाशनले .यहि असारको अन्तसम्ममा पाठक सामु ल्याउन लागेको हो । पेशाले शिक्षक रहेका आचार्य रसिला चोटिला र जोसिला कविता ,मुक्तक, हाईकु कथा विधामा कलम चलाउने गरेका छन् ।
विभिन्न स्थानमा निरन्तर सृजनाहरुले ठाउँ पाईरहेका उनका साहित्यले पछिल्लो समयमा निक्कै चर्चा कमाउदै गएको छ । विभिन्न साहित्यिक सम्मेलनहरुमा निक्कै जम्ने गरेका दीपेन्द्रको यसअघि क्याम्पसको विद्यार्थी समयमा हाइकु सङ्ग्रह इक्षण प्रकाशन गरिसकेका छन् । पहिलो कृतिको झण्डै २० वर्ष पछि प्रकाशन हुन लागेको दोश्रो कृति पृथ्वीको ब्यपार प्रेसमा छ ।