Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

यी चार प्रदेशमा ‘धेरै भारी वर्षा’को सम्भावना

यी चार प्रदेशमा ‘धेरै भारी वर्षा’को सम्भावना

  • सन्देश सम्वाददाता
  • शनिबार, असार १४ २०८२


यी चार प्रदेशमा ‘धेरै भारी वर्षा’को सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार