Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कोरिया गएकाको परिवारलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

इलाममा कोरिया गएकाको परिवारलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

  • सन्देश सम्वाददाता
  • आइतबार, असार ८ २०८२


इलाममा कोरिया गएकाको परिवारलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

इलाम : बैदेशिक रोजगारीको लागि कोरिया गएकाको परिवारलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम शनिबार इलाममा सम्पन्न भएको छ । नेपाल सरकार कोइका नेपाल , एचआरडी कोरियाको आयोजना र अन्कुर नेपाल सगको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा वित्तीय साक्षरता र सफल कोरिया रोजगारीमा घर परिवारको दायित्व बारे अभिमुखीकरण गरिएको छ ।

कोरिया जानु अघि , कोरियामा रहदा , कोरिया बाट फर्केपछि र कोरियामा रहेकाको परिवारले के गर्ने भन्ने बारेमा कोरिया गएकाको परिवारको लागि जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको कोरियामा रहेको के-हामी (k-Hami) परियोजनाका एरिया म्यानेजर सन्जीव चापागाईंले बताए । कमाउनु भनेको धनी हुनु मात्रै नभई कमाएको धन बाट अन्य आयआर्जनमा लगानी गरेर स्थिर धन कमाउनु पर्ने चापागाईंले बताए।

चापागाईंले सफल कोरिया रोजगारीमा घर परिवारको दायित्व बारे परिवारलाई जानकारी नहुदा समस्या हुने गरेको बताए। रोजगारीको लागि कोरिया गएका मध्ये ९७ प्रतिशतको घर परिवारको कारण र ३ प्रतिशतको कोरियाको कारण मृत्यु हुने गरेको कोरियाको तथ्यांक रहेको चापागाईंले बताए ।

कोरियामा काम गर्न सहज नभएकोले परिवारले उनीहरुको समस्या बुझ्न् आवश्यक रहेको भन्दै कोरियामा कमाएको रकम अबैधानिक तवरले पठाउन नहुने जानकारी गराएका थिए । गैर कानुनी रुपमा कोरियामा बसेर जुन कम्पनीमा काम गरिन्छ उक्त कम्पनीमा सधैका लागि बाटो बन्द हुने र नेपाल बाट रोजगारीको लागि जाने कोटा कम हुने बताए ।

वैदेशिक रोजगारीमा गएर कमाएको रकम फजुल खर्च गर्ने आम्दानी गर्न नसकिने क्षेत्रमा लगानी हुने गरेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए। कमाएको पैसा कहाँ कसरी लगानी गर्ने भन्ने महत्त्वपूर्ण भएको भन्दै मेयर थापाले दुस्ख गरेर कमाएको पैसा उद्यम , ब्यवसायमा लगानी गर्न आवश्यक रहेको बताए। इलाम नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउदै विदेशमा कमाएको पैसा आफ्नै जिल्लामा लगानी गर्न आग्रह गरे ।

अन्कुर नेपाल इलाम संयोजक प्रकास बस्नेतले कोरिया गएर पैसा कमाउन देख्दा जति सहज भए पनि धेरै नै श्रम गर्नु पर्ने बताए। रोजगारीमा रहेका परिवारको सदस्यलाई सदैव हौसला र साथ दिन आग्रह गरे। उनीहरुले दुस्ख गरेर पठाएको रकम सहि सदुपयोग गर्नु पर्ने भन्दै बस्नेतले स्वदेशमा हुनेले फजुल खर्च नगरी अन्य आम्दानी गर्न सहयोग गर्नु पर्ने बताए।

परिवारलाई सुख दिन , परिवारको भबिस्यको लागि विदेसिएकाहरुको आफ्नै पीडा , समस्या हुने अर्काको देशमा स्वदेशमा जस्तो मान सम्मान नपाउने काम संग मात्रै सरोकार राख्ने भएकोले घरमा रहेका परिवारले सदैव माया , साथ र हौसला दिन आग्रह गरे । कार्यक्रमको उद्घाटन अन्कुर नेपाल इलाम संयोजक प्रकास बस्नेतको अध्यक्षता र इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यतामा भएको थियोे ।

वित्तीय साक्षरता बारे सहकारी बिज्ञ चुडामणि ओझाले सहजीकरण गरेका थिए । सफल कोरिया रोजगारीमा घर परिवारको दायित्व बारे सन्जीव चापागाईंले सहजीकरण गरेका थिए। कार्यक्रममा सात बर्ष कोरियामा रोजगारी गरेर नेपालमा रहेका इलामका तुलसी आचार्यले कोरियाको अनुभव सुनाएका थिए

प्रतिक्रिया
सम्बन्धित समाचार