Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

पहाड चड्न थाल्यो हात्ती, सलकपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

पहाड चड्न थाल्यो हात्ती, सलकपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

  • सन्देश सम्वाददाता
  • आइतबार, असार ८ २०८२


पहाड चड्न थाल्यो हात्ती, सलकपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

इलाम। इलाममा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । रोङ गाउँपालिका ६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमबाट तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ की महिलाको मृत्यु भएको हो ।

शनिवार साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।

घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरले तालुक इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापासंग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शनिबार  बिहान ४ बजे रोङ ६ को पुछार गाउँका पूर्णबहादुर राईको घर समेत हात्तीले भत्काइदिएको थियो । पछिल्लो समय खानाको खोजीमा झापासँग जोडिएका इलामका गाउँहरुमा हात्ती उक्लिएर क्षति गर्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार