मंगलबारे । नेपाली कांग्रेस भातृ संगठन नेपाल महिला संघको अध्यक्षमा पुनः जानुका राउत निर्वाचित भएकी छन् । चौथो नगर अधिवेशनबाट राउतले तारा ढकालललाई २५ मतान्तरले हराउँदै अध्यक्षमा हराउँदै निर्वाचित भएकी हुन् ।
कुल खसेको ४९ मत मध्ये राउतले ३७ र ढकालले १२ मत पाएकी थिइन् । देउमाई नगरपालिकाको भिन्तुना रेष्ट्रोमा भएको अधिवेशनमा अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत भएको हो ।
उपाध्यक्ष भिम कुमारी बुढाथोकी, सचिव यशोदा बस्नेत, सहसचिव यमुना पौडेल निर्वाचित भइन् । कोषाध्यक्ष कार्य समितिको बैठकबाट मनोनित हुनेछ । नगर कार्य समिति १९ सदस्यीय रहेको छ ।
जानुका राउतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सह महामन्त्री प्रमिला गच्छदारको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस इलामका पूर्व सभापति हिमालय कर्मचार्यको विशेष आतिथ्यता रहेको थियो ।