Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङमा अचार बनाउने तालिम

रोङमा अचार बनाउने तालिम

  • सन्देश सम्वाददाता
  • शनिबार, असार ७ २०८२


रोङमा अचार बनाउने तालिम

फिक्कल । रोङ गाउँपालिकाले स्थानीय उद्यमीहरुलाई लक्षित गरेर ५ दिवसीय अचार बनाउन तालिम अघि बढाएको छ । आयआर्जनको माध्यम बनाउने लक्ष्यसहित गाउँपालिकाले तालिम दिएको हो । तालिममा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी २५ जना महिलाहरू सहभागि छन् । महिलाहरूको सिप विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि रोङ गाउँपालिकाले बर्सेनि आवश्यकतालाई मूल्यांकन गरी मागअनुसारका तालिम सञ्चालन गर्दै आएको छ ।

यसअघिका वर्षहरूमा समेत बाजागाजा बजाउने जस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिएको थियो । अचार बनाउने तालिमबाट सहभागी महिलाहरूले थोरै लगानीमा राम्रो आम्दानी गर्न सक्ने विश्वास लिइएको छ । तालिम पश्चात महिलाहरूले घरायसी स्तरमा अचार उत्पादन गरी बजारसम्म पु¥याउँदै स्वरोजगार बन्न सक्नेछन् ।

गाउँपालिकाले विशेष रूपमा मेचि राजमार्ग आसपासका क्षेत्र र रोङ बजार क्षेत्रमा बाहिरबाट आउने अचारहरूको सट्टामा स्थानीयस्तरमै उत्पादन गरिएको गुणस्तरीय तथा अर्गानिक अचारको प्रवर्धन गर्ने लक्ष्य राखेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेसमेत अपेक्षा गरिएको छ । सिपमूलक कार्यक्रमहरूले दीर्घकालीन रूपमा महिलालाई आत्मनिर्भर बनाउनका साथै रोङको समग्र आर्थिक विकासमा समेत उल्लेखनीय टेवा पु¥याउनेछन् । तालिम आगामी ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार