Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इनपा-९ द्वारा बिपन्न दलित परिवारलाई बाख्राको पाठी वितरण

इनपा-९ द्वारा बिपन्न दलित परिवारलाई बाख्राको पाठी वितरण

  • सन्देश सम्वाददाता
  • बुधबार, असार ४ २०८२


इनपा-९ द्वारा बिपन्न दलित परिवारलाई बाख्राको पाठी वितरण

इलाम : इलाम नगरपालिका वडा नं। ९ ले आफ्नो क्षेत्रभित्रका बिपन्न दलित परिवारलाई लक्षित गर्दै बाख्राको पाठी वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख उद्देश्य आर्थिक रूपमा कमजोर दलित समुदायलाई पशुपालनतर्फ प्रेरित गर्दै उनीहरूको जीवनस्तर सुधार गर्नु रहेको वडा कार्यालयले जनाएको छ।

बाख्रा पालनबाट आम्दानी हुने र त्यसले आत्मनिर्भर जीवनशैलीलाई सघाउने अपेक्षा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं ९ का वडाध्यक्ष गोपाल चौहानले भने,”बिपन्न दलित परिवारलाई सहयोग होस् भन्ने हिसाबले बाख्राको पाठी वितरण गरिएको हो। स्थानीय सरकारको प्रमुख दायित्व जनताको दुःखमा साथ दिने हो, त्यसैले यो सानो प्रयास मार्फत उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा टेवा पुर्‍याउने विश्वास लिएको छौँ।”

वडाध्यक्ष चौहानका अनुसार वडा कार्यालयले विगतदेखि नै सामाजिक न्याय, समान अवसर र समावेशी विकासलाई प्राथमिकतामा राख्दै आएको छ। यस कार्यक्रमले दलित समुदायभित्र आत्मविश्वास जागृत गराउने र आर्थिक रुपमा सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, वडा कार्यालयका कर्मचारी, र लाभग्राही परिवारहरूको उल्लेखनीय उपस्थिति थियो। लाभग्राहीहरूले यस्तो प्रकारको सहयोग पाउँदा खुसी व्यक्त गर्दै वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए। स्थानियवासी फुलमाया सुन्दासले भनिन् , “हामीजस्ता गरिबका लागि सरकारले यति ठूलो कुरा सोचिदिएकोमा हामी निकै खुशी भएका छौँ। बाख्रा पालनबाट आम्दानी गर्न सकिने आशा छ।”

यस वितरण कार्यक्रमबाट दर्जनौं दलित परिवार लाभान्वित भएका छन्। कार्यक्रम सफल बनाउन वडा कार्यालयका कर्मचारी, महिला समूह, युवा स्वयंसेवक, र विभिन्न स्थानीय संघसंस्थाहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। स्थानीय तहको पहलमा सञ्चालन भएका यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा समुदायमा सकारात्मक असर पार्ने र समावेशी विकासको मार्ग प्रशस्त गर्ने स्थानीय विश्लेषकहरूको विश्वास रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार