Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अर्ग्यानिक खेतीमा जोड दिन किसानलाई आग्रह

अर्ग्यानिक खेतीमा जोड दिन किसानलाई आग्रह

  • सन्देश सम्वाददाता
  • आइतबार, असार १ २०८२


अर्ग्यानिक खेतीमा जोड दिन किसानलाई आग्रह

इलाम। कृषिजन्य वस्तु अर्ग्यानिक भए मात्र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । इलाम नगरपालिका ४ मा रहेको माई टी स्टेटमा चिया प्रशोधन कार्यालयमा भएको अर्ग्यानिक खेती व्यवस्थापनका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

माई टी जैविक चिया कृषक समूह इलामले आयोजना गरेको कार्यक्रममा किसानहरूले भोग्दै आएका समस्या व्यक्त गरेका थिए । उनीहरूले चिया तथा अन्य खेती गरेर उत्पादन गरेका वस्तु बिक्रीमा समस्या रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इलाम नगरपालिकाका प्रमुख केदार थापाले इलाम नगरपालिकाले किसानहरूका लागि छुट्टै नयाँ कार्यक्रम ल्याएको बताए । उनले अर्ग्यानिक खेती तर्फ किसानहरूलाई प्रोत्साहन गर्ने गरेको भन्दै थप नयाँ कार्यक्रम ल्याउने बताए ।

सन्दकपुर गाउँपालिकाका प्रमुख तुलाराम गुरुङले इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको सहकार्यमा अर्ग्यानिक प्रवर्द्धन सम्बन्धी कार्यक्रम ल्याउने बताए । उनले अर्ग्यानिक खेतीलाई जोड दिए मात्र किसानको भविष्य सुनिश्चित रहेको बताए ।

कार्यक्रममा सन्दकपुर गाउँपालिकाका उपप्रमुख हरी कुमार लुङ्गेलीले वातावरण र स्वास्थ्यका लागि अर्ग्यानिक खेती जरुरी रहेको बताए । उनले यसभित्र धरै समस्या रहेकाले आवश्यक नीति नै गाउँपालिकाले निर्माण गर्ने बताए ।

इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले अबको कृषि प्रणालीलाई अर्ग्यानिक बनाउन लाग्नु पर्ने बताए । विदेशी प्रयोगकर्ताले समेत विषादी रहित वस्तु खरिद गर्ने गरेका उनको भनाई छ ।

सन्दकपुर गाउँपालिकाका प्रवक्ता रहरकुमार राईले पहुँचवाला किसानहरूले मात्र अनुदान पाउने गरेको दुखेसो गरे । यसका कारण असली किसान मारमा परेको उनको भनाई छ ।

छलफलका क्रममा रामचन्द्र नेपालले पशु तथा कृषि जन्य उत्पादनको सही मूल्य नपाइरहेको बताए । सम्बन्धित निकायले दीर्घकालीन समाधानको पहल गर्नु पर्ने उनको भनाई छ ।

कार्यक्रम माई टी जैविक कृषक समूहका अध्यक्ष विनोद खतिवडाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सरोकारवाला निकाय साथै इलाम र सन्दकपुर क्षेत्रका सय बढी अग्रज किसानहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार