Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिफा क्लब विश्वकप २०२५ आजदेखि, ३२ टोली सहभागी हुँदै

फिफा क्लब विश्वकप २०२५ आजदेखि, ३२ टोली सहभागी हुँदै

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ३२ २०८२


फिफा क्लब विश्वकप २०२५ आजदेखि, ३२ टोली सहभागी हुँदै

इलाम । फिफा क्लब विश्वकप २०२५ शनिबार राति अमेरिकामा शुरु हुँदैछ। यो वर्षको संस्करणमा ३२ टोली सहभागी हुँदैछन्। यससँगै अब फिफा वर्ल्ड कप र क्लब वर्ल्ड कपबीच समानता बनेको छ ।

यसले क्लब विश्वकपलाई एक अन्तर्राष्ट्रिय फुटबल महाकुम्भको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ । प्रतियोगितामा ३२ क्लबलाई ८ समूहमा विभाजित गरेर खेलाउन थालिएको छ।

प्रत्येक समूहमा रहने चार टोलीमध्ये शीर्ष २/२ टोली नकआउट चरणमा पुग्नेछन्। नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे हुने उद्घाटन खेलमा अल–अह्ली र इन्टर मियामीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल जुलाई १३ मा खेल हुनेछ । क्लब विश्वकपमा रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, इंटर मिलान जस्ता प्रमुख क्लबहरूको सहभागिता हुनेछ।

नयाँ ढाँचाले क्लब फुटबलको प्रतिस्पर्धात्मकता र वैश्विक स्तरमा यसको महत्त्वलाई थप बल दिएको फिफाले दाबी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार