इलाम । पश्चिमी इलामको देउमाई नगरपालिका –४ र ५ मा पछिल्लो समय *चितुवाको आतंक बढ्दै गएको छ । धुसेनी र सिङ्गलप्पा क्षेत्रमा खोरमै पसेर बाघले बाख्रा र कुकुर मारेकाे भन्दै स्थानीय कृषकहरू त्रसित बनेका हुन् ।
पछिल्लो एक हप्तामा कम्तीमा १३ वटा बाख्रा र कुकुर चितुवाको सिकार बनेका छन् । देउमाई–५ धुसेनीका होम बहादुर कार्कीका खोरमा चितुवा पसेर ५ वटा बाख्रा मारेको छ । त्यस्तै, वडा नम्बर ५ कै ओख्राबुङकी सावित्रा लावती लिम्बूका ४ वटा बाख्राको चितुवाले मारेको छ ।
वडा नम्बर ४ का नन्दलाल खनालको खोरबाट १ वटा बाख्रा मरेको छ। फुगाम्देन निवासी लच्छी ब. लिम्बुको घरपालुवा कुकुर र जंगलमा लगिएका ३ सिकारी कुकुरसमेत चितुवाको आक्रमणमा परेको जनाइएको छ ।
सिङ्गलप्पा याक्थुङ पाङ्फे सेवा समाजका संस्थापक सदस्य भीमसेन लिम्बूका अनुसार चितुवाले केही घरहरूमा समेत क्षति पु¥याएको छ । स्थानीयले चितुवालाई तत्काल नियन्त्रण गर्न, पीडितलाई क्षतिपूर्ति दिन, तथा दीर्घकालीन रूपमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न नीति बनाउन माग गरेका छन् ।
*चितुवा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको