Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको अर्गानिक तरकारी खेती अवलोकन भ्रमण

इलामको अर्गानिक तरकारी खेती अवलोकन भ्रमण

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २८ २०८२


इलामको अर्गानिक तरकारी खेती अवलोकन भ्रमण

फिक्कल । झापाको दमक नगरपालिका वडा नं। ६ बाट आएको एक टोलीले इलामको सूर्योदय नगरपालिकामा उत्पादित अर्गानिक तरकारी खेतीको अवलोकन भ्रमण गरेको छ।

भ्रमण टोलीले सूर्योदय नगरपालिकाका प्रमुख पर्यटकीय स्थलहरू — श्रीअन्तु, कन्याम, हर्कटे, पार्थीभरा, कजनी, गहिरीगाँउ, फिक्कल हुँदै रत्नचोक आहालेसम्मको भ्रमण गरेको थियो।

उक्त टोलीमा वडा नं। ६ का वडाध्यक्ष टेकबहादुर थापा, वडासचिव प्रकाश घिमिरे, खरिदार निरोज भण्डारी, सवारी चालक सुमन गुरागाईं र कर्मचारी रोशन रिजाल सहभागी थिए।

भ्रमणको उद्देश्य सूर्योदय नगरपालिकामा हुने अर्गानिक खेतीका अभ्यासहरूको अवलोकन गरी ती अभ्यासहरूलाई आफ्नो क्षेत्रमा समेत लागू गर्ने रहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार