फिक्कल । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सूर्योदय नगर कार्य समितिको अध्यक्षमा खगेन्द्र बाँस्तोला निर्वाचित भएका छन् । तेस्रो अधिबेशनबाट जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष समेत रहेका बाँस्तोलाको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरिएको हो ।
समितिको उपाध्यक्षमा सुमित्रा राई, सचिव दिपा घिमिरे, उप–सचिव सुशिला परियार (राई) र कोषाध्यक्ष उर्मिला राई रहेका छन् । सदस्यहरुमा उर्मिला लाप्चा राई, कमला पौडेल र प्रकाश प्रधान रहेका छन् ।
सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल लगायतको उपस्थितीमा समिति गठन भएको हो ।