सन्दकपुर (टारीबेंसी )। शान्त, सुन्दर र समथर भु–भाग रहेको टारी बेंसीमा अहिले धान रोप्ने काम धमाधम भइरहेको छ । टारी बेसी हेर्दै आकर्षक छ । माईखोलाको तीरमा अवस्थित टारी क्षेत्र खाध्यबालीको उर्वर भुमि टारी बेंसी सुन्दर छ । सन्दकपूर गाउँपालिका ३ स्थित टारी बेंसी खाध्यबाली उत्पादन हुने क्षेत्र पनि हो ।

अझ लहलह धानको बाला झुलेको बेला त टारी बेंसको बिचमा रात बिताउँ झै लाग्छ । आदिवासी जनजाति समुदायको बसोबास रहेको टारि बेंसि क्षेत्रमा स्थानीयबासी पर्यटनको संभवानाको खोजि गरिरहेका छन् । टारी क्षेत्र पर्यटन र खेलकुदको माध्यमबाट आयआर्जन वृद्धि गर्न यहाँका आदिवासी जनजाति समूदाय सक्रिय भएर लागेका छन् । यहाँ खेलकुद तथा पर्यटन महोत्सवको आयोजना हुँदै आएको स्थानीय रुपेनराज नेम्बाङ्गले बताए ।
यहाँ लिम्बु जातिको भाषा र साँस्कृतिको अध्ययन गर्न सकिन्छ । सन्दकपूर ३ को सुलुबुङ्ग टारीबाट नजिकै ऐतिहासिक सास्कृतिक सम्पदा सुतुलुङ्ग ढुङ्गा रहेको छ । परापुर्वकालमा लेप्चाहरुको बसोबास रहेको पाइन्छ ।

लेप्चा समुदायमाथि थिचोमिचो भएपछि पाँच दिने लेप्चा सुत्केरी महिलाले पहरो चिरेर गाडिएको ढुङ्गालाई सुतलुङ्ग ढुङ्गा नामाकरण गरिएको किम्बदन्ति छ । सुतुलुङ्ग क्षेत्रमा पनि लोभलाग्दो खाध्यबाली उत्पादन दिने खरिबोटे बेंसी भनिन्छ ।

आफ्नो थातथलो छोड्न बाध्य भएपनि इतिहास रहोस् भनि गाडिएको सुतलुङ्ग ढुङ्गाको नाम अपभ्रंस गरि सुलुबुङ्ग नामाकरण गरिएको कथन छ । टारी क्षेत्रमा व्यवसायीक रुपमा १२ रै महिना खाध्यबाली र तरकारी खेती गरि आर्थिक उपार्जन गर्ने प्रशस्त संम्भावना रहेकाले कृषि पर्यटन प्रवद्र्धनको योजना रहेको वडाध्यक्ष लिल बहादुर बुर्जाले बताए ।





