Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

अखिल क्रान्तिकारीमा इलामका विपिन प्रदेश र अंकित इलाम इन्चार्ज

अखिल क्रान्तिकारीमा इलामका विपिन प्रदेश र अंकित इलाम इन्चार्ज

  • रेविका तोलाङ्गी
  • शनिबार, जेष्ठ २५ २०८२


अखिल क्रान्तिकारीमा इलामका विपिन प्रदेश र अंकित इलाम इन्चार्ज

इलाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ । २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई सङ्गठनले  सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरणअनुसार इलामका विपिन पोख्रेल र अंकित बराइलीले इन्चार्जको जिम्मेवारी पाएका छन् । क्रान्तिकारीका उपमहासचिव पोख्रेलले प्रदेश १ को इन्चार्ज र केन्द्रीय सदस्य बराइलीले इलाम इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरिएको बताइएको छ ।

बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ । सङ्गठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार